कांग्रेससँग उपसभापति पद दिने समझदारी : गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए ।

विराटनगर विमानस्थलमा शुक्रबार कुरा गर्दै उनले भने,‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटा प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ । पार्टी एकीकरणका क्रममा कांग्रेससँग उपसभापति पद दिने समझदारी भएको जानकारी छ ।’ उनले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई केन्द्रदेखि वडासम्म सम्मानजनक ढंगले पद दिने सहमति भएको बताए ।

उनले मधेसको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *