प्रधानमन्त्रीले माओवादीका मन्त्रीहरुलाई तुरुन्त हटाउनुपर्छ : योगेन्द्र चौधरी

नेपाल लोकतान्त्रिक फोरमका प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । उनले भने, ‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयुद्ध किन लडे? अनाहक १७ हजार मानिसको किन ज्यान लिए ? के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने देला?’

चौधरीले अघि थपे, ‘आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात मिल्नु सामान्य कुरा छैन्, यो अपवित्र कार्य हो, यसमा जनताले खुब ध्यान दिनुपर्छ, वाम एकताको बिरुद्धमा लोकतान्त्रिक एकताको खाँचो छ।’

सत्तारुढ दल नेपाल लोकतान्त्रिक फोरमका सांसद चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई तुरुन्त  हटाउनुपर्ने बताएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *