मिनी म्याराथनमा प्रेमबहादुर र अनिशा चौधरी प्रथम

‘मेरुदण्डको समस्याबारे सचेत रहौं’ भन्ने मूल नाराका साथ दाङ देउखुरीमा मिनी म्याराथन दौड सम्पन्न भएको छ। श्री हरि सुनकेशरी फाउण्डेसनको आयोजनामा सम्पन्न उक्त १५ किमी दौड देउखुरी पिपरीबाट सुरु भई लमही बजारमा पुगेर समापन गरिएको थियो।

समापन कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सनिराम चौधरी, प्रमुख अतिथि सां सद सुशिला चौधरी, विशिष्ठ अतिथि लमही नगरपालिकाका उपप्रमुख देवकला वेल्वासे, फाउण्डेसनका सल्लाहकार देवनारायण चौधरी, थारु कल्याण कारीणी सभाका सल्लाहकार राजेन्द्र चौधरी, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष, लिला शाहा, प्रशिक्षक पदमा चौधरी लगायतकाले मन्तब्य दिएका थिए।

फाउण्डेसनका संरक्षक डा. राजेशकुमार चौधरीले कार्यक्रमबारे प्रकाश पारेका थिए। फाउन्डेसनका अर्थ संयोजक उमाकान्त चौधरीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन श्रीहरी सुनकेशरी फाउन्डेसनका प्रबन्ध निर्देशक देवानजङ्ग चौधरीले गरेका थिए।

महिला २२ र पुरुष ७० गरी जम्मा ९२ जना धावक खेलाडी सहभागी भएको उक्त प्रतियोगितामा पुरुषतर्फ लमही नगरपालिका वडा नं ५ का प्रेमबहादुर बस्नेतले प्रथम स्थान हासिल गरेका छन्। महिलातर्फबाट राप्ती गाउँपालीका वडा नं ८ कि अनिशा चौधरीले प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगितामा कोहलपुरका हेमराज थापा द्धितीय भए भने राप्ती गाउँपालिका वडा नं ८ का भक्त बहादुर बिकट्टा मगरले तृतीय स्थान हासिल गरे।

त्यसैगरी महिलातर्फ लमही नगरपालिका वडा नं २ का सगिता चौधरी द्वितीय, राप्ती गाउँपालिका वडा नं ६ का शिका चौधरी तृतीय, र लमही नगरपालिका वडा नं ४ का अन्जु चौधरीले सान्तवना स्थान हासिल गरे। कार्यक्रममा बिजेताहरुलाई क्रमश ७ हजार ५ सय, ५ हजार , ३ हजार तथा मेडल र प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने र सान्त्वना हुनेलाई १ हजार रुपैया हौसला स्वरुप प्रदान गरिएको थियो।

सोही अवसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पद्मा चौधरी, धनि राम चौधरी, पाल्टी चौधरी लाइ खेलजगतमा योगदान दिएवापत सम्मान गरिएको थियो ।
स्मरण रहोस उक्त फाउण्डेसन विभिन्न सामाजिक कार्य गर्ने उद्देश्य राखेर भुमु सांसद स्व. हरि प्रसाद चौधरी र वहाँको धर्मपत्नी सोनकेशरी चौधरीको स्मृतिमा हालसालै दर्ता गरिएको हो । श्री हरिसुनकेरी फाउण्डेसनको स्थापना लगत्तै गरिएको यो पहिलो कार्यक्रम हो । फाउण्डेसनले आगामी दिनहरुमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक, सांस्कृतिक क्षेत्रमा समुदायकोलागि योगदान दिने लक्ष्य राखेकोछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *