‘आइ एम भेरी सरी’को कभर गीतमा अभय र आयुष चौधरीको कमाल
![‘आइ एम भेरी सरी’को कभर गीतमा अभय र आयुष चौधरीको कमाल](https://www.tharuwan.com/wp-content/uploads/2017/10/Abhay-and-aayaush-chaudhary.jpg)
अभय चौधरी र आयुष चौधरीको अर्को कभर गीत सार्वजनिक भएको छ। फाटेको जुत्ता नामक नेपाली फिल्मको चर्चित गीत ‘आइ एम भेरी सरी’ शीर्षक गीतमा दाजुभाइ अभय र आयुषको कभर गीत बनाइएको छ। हाइलाइट्स नेपालले सार्वजनिक गरेको भिडियोमा यी दाजुभाइलाई आदित्य लामा र सन्भी मायाले साथ दिएका छन्। यो भिडियो यो समाचार तयार पार्दासम्म १२ लाख बढीले हेरिसकेका छन्।
यी दाजुभाइले यसअघि नै कभर गीत कम्पिटिशनमा सर्वोकृष्ट भइसकेका छन्। गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’को कभर गीतमा यी दाजुभाइ सर्वोकृष्ट हुँदै पुरस्कार जितेका थिए।
हेर्नुस् भिडियो
Facebook Comment