मेरो सम्झनामा प्रभु नारायण चौधरी

राम सागर चौधरी।
स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो । लामो अन्तराल पछि सम्झेका रहेछन् । कमरेड मनमोहन, कामरेड पुष्पलाल, कामरेड मदन भणडारी जतिकै उहाँको कम्युनिष्ट आनदोलनमा योगदान रहेको छ । उहाँ किन ओझेलमा पार्नुभयो ? अरुका त कुरा छाडौं सुनसरीबासी र मार्कसवादी, एमाले कम्युनिष्टले किन बिर्से ? राजनीतिक इमानदारी र निष्ठाको मूल्यांकन यही हो ? थारुका सपुत राजनीतिका अग्रिणी भएकाले किनारा लागायएका हुन् कि ? आफूमात्रै राम्रो असल अरु सबै खराब प्रवृतिका सोचले ग्रसित हो कि ?

धेरै वर्षदेखि मानमा उठेका खुलदुलीहारु र थोरै स्मरणहरु राखने चेष्टा गरेको छु । मैले स्व. प्रभु नारायण चौधरीलाई २०३२ सालमा काठमाडौंमा पढ्न बसेदेखि चिनेको हुँ । उहाँको लामो जेल जीवनमा नै बी.ए., बी.एल. गर्नुभयो र जेलबाट बाहिर आएपछि काठमाडौंमै वकालत पेसा गर्न थाल्नुभयो । पुतालीसडकमा उहाँले अफिस राख्नुभएको थियो । फुर्सदका बखत म उहांलाई भेटन जान्थे ।

गाउँ घरबाट किसानहरु कानुनी दाउपेंच र पहुँच नभएका काराणले जिल्ला, अञ्चल अदालतमा हारेर मलिन दुःखित भएर उहांलाई बेदनाहरु सुनाउँदै थीए । सर्वोचमा जिताने झिनो आशमा पुगेका हुन्थे । दाङ, बर्दिया, कैलालीका थारु किसानका हालत झन् नाजुक थियो । थारुका जग्गा जामिन पहाडेले हडपेर सखापै पारेको भान हुन्थियो । मोरङ, सुनसरी, झापाका थारु राजबंशीको हालात पनि उस्तै थियो । बहुत मार्मिक कथा ब्यथाहरु सुन्ने र बुझने मौका पाए । उहां आफ्ना ग्राहकका कुरा सुनेर शून्यमा विलीन हुनुहुन्थ्यो । कतिपटक त आँखा रसाएको पनि महसुस गरेँ ।

उहाँले धेरैका मुद्दामा बहस गर्नुभयो । मेरो बासाई पुतालीसाडकमै भएकाले मुद्दा फैसला अन्तिम पेसीका दिन बेलुका मलाई बोलाउने गर्नु हुन्थ्यो । प्रायः मुद्दामा सफल नै हुनुभयो र सफलता प्राप्त भएका मुद्दामा बडो गर्व र खुसी मान्नु हुन्थ्यो । किसानहारु जितमा हर्षका आँशु खसाल्थे । साँच्चै त्यो क्षण रोमाञ्चकारी नै लाग्थ्यो ।

मलाई पढ्न हौसला दिनु हुन्थ्यो र खर्चबर्च कसरी चल्छ सोध्नु हुन्थ्यो । त्यसबखत काठमाडौंमा पढ्ने थारु बिधार्थीलाई औंलामा गन्न सकिने थियो । मलाई क्याम्पसले महिनाको रु. २००।– स्टापेन (छात्रबृति ) दिन्छ भने । त्यस बखत त्यो ठूलै रकम थियो र उहाँ पनि खुसी मान्नुहुन्थ्यो र अरुलाई पनि मेरो बारेमा भन्नु हुन्थ्यो । यस्तै छुट्टीमा काहिले पिकनिकमा, काहिले स्व. रमानान्दप्रसाद सिंहका घर पुल्चोकमा भेटघाट भइरहन्थ्यो । समाजिक काममा मलाई चाख र अलि जिज्ञासु भएकाले आफूलाई लागेका कहिले समाजिक, कहिले राजनीतिक कुराहरु सोधी पनि हाल्थे । उहाँलाई पञ्चायती शासनले आँखा गाडेका ब्यक्ति भएकाले मलाई राजनीतिदेखि सकभर टाढा नै राख्ने प्रयास गर्नुभयो । सायद आफूले पाएका दुःख मैले नपाओस भन्ने चाहना थियो कि ?

म जागिरे भएपछि पनि कामले काठमाडौं आउँदा उहाँलाई भेट्थे। एक पटक यस्तै भेटघाटमा के कति कारणले नेपालमा डुल्दैछौं सोध्नुभएछ र मैले पनि एम.बि.बि.एस. पढ्न निवेदन दिन आएको भने र स्वास्थ्यसेवा विभागले दिने अंकभार र आफूले प्राप्त गरेको अंक जोडेर छनौट गर्ने प्रकृया बारेमा भने । उहाँले भन्नुभयो हामी माथि कोही आफन्त मानिस छैन त्यसैले राजालाई बिन्तीपत्र लेखिदिन्छु दरवारमा चढाउनु र खेसरा गरिदिनुभयो । मैले खेसरा त लिए तर किन हो कुन्नी दरवारमा बिन्तीपत्र हाल्न मन लागेन । त्यसै वर्ष हुकुम प्रमांगीबाट एक जना छनौट भएको थाहा पाएपछि मलाई ग्लानी बोध र लाजले उहांसँग भेटघाट कम हुँदै गयो।

उहाँ पेसाप्रति इमानदर, ग्राहकप्रति उद्दार, कानुनप्रति निष्ठावान हुनुहुन्थ्यो । समाजसेवा र राजनीतिमा बराबर हिंसा लिनुहुन्थ्यो । पेसाले काठमाडौं बसाईका कारणले जिल्लाबासीसँग नजिकको हिमचिम हुन सकेन र जिल्लाबासीले पनि उहाँको इमानदारी, राजनीतिका निष्ठालाई कदर गर्न चुक्यो कि भान हुन्छ ।

उहाँ मेहनती, कर्मठ, धैर्यवान र आत्मविशवासका धनी र असल मानिसका साथै राजनीतिक निष्ठाका उदाहरणीय ब्यक्ति हुनुहुन्थ्यो । उहाँका विचारहरुले समाजलाई प्रेरित गरिरहोस् ।

इटहरी १२, खनार, सुनसरी।




Leave a Reply

Your email address will not be published. Required fields are marked *