पूजा चौधरीले जितिन् मिस एयर होस्टेज फेमिनाको उपाधि

मिस एयर होस्टेज फेमिनाको उपाधि पूजा चौधरीले चुमेकी छन्। पूजाले उपाधिसँगै डाइरेक्ट समिट एयर लाइन्समा एयर होस्टेज बन्ने मौका पाएकी छन्।फर्स्ट रनरअप पूजा पाठकले भने थाइल्याण्ड टुर टिकेट  पाएकी छन्। उनी नाट्को ब्रान्ड एम्बास्डरसमेत बन्ने मौका पाएकी छन।

सेकेण्ड रनरअप सानु तामाङले भने नाटमा जब पाएकी छन्।  अन्य दुई जनाले नाटको तर्फबाट १ लाख ७५ हजार रुपैया र रु १ लाख ६० हजार बराबरको स्कलरसिप पाएका छन् । टप ६ मा पर्न सफल ३ जना प्रतिस्प्रधीहरुले भने एभिएसन म्युजियममा जब पाउने भएका छन्।

नाट मिस एयर होस्टेज फेमिना २०१७ मा १९ जना युवती प्रतिप्रधिहरुले अन्तिम चरणमा प्रवेश पाएका थिए। प्रतिस्पर्धि युवतीहरुलाई एयरलाइन्ससम्बन्धी जानकारी, सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिएर उनीहरुको आत्मा बिश्वासलाई अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक बिक्रान्त पौडेलले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *