थाकस दक्षिण कोरियाको अधिवेशन असोज २० गते हुने

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख (असोज २० गते) शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ।

कोरियाको महान चाड छुसकसँगै यस वर्षको अक्टोबर महिनामा परेको लामो छुट्टीको पारी हुन लागेको अधिवेशनमा विभिन्न सामाजिक संघसंस्था, जातीय, क्षेत्रीय, राजनीतिक पार्टी, पत्रकार, बुद्धिजीवी, व्यापारी, विद्यार्थी एंव कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

अधिवेशन नेपाल हाउसमा दिउँसो २ बजे सुरु हुने थारु कल्याणकारिणी सभा दक्षिण कोरियाका अध्यक्ष पुष्प चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *