एनआरएन साइप्रसको कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएन) साइप्रसको अध्यक्षमा सुभाष मल्ल पुन: निर्वाचित भएका छन्। राजधानी निकोसियामा आइतबार सम्पन्न सातौं अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए।

कार्यसमितिको उपाध्यक्षमा उत्सव घले, महासचिवमा अन्तेश रावत, सचिवमा तुलसा पाण्डे, सहसचिवमा कविता भन्डारी र कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भए।

यस्तै युवा प्रतिनिधिमा विकाश दुवाडी, महिला प्रतिनिधिमा जसमाया पुन घर्ती, सहमहिला प्रतिनिधिमा शान्ति राई र महिला प्रवक्तामा नानु गोम्जा निर्वाचित भए। लक्ष्मी रेग्मी अधिकारी र चन्द्रा राई सदस्यमा चयन भए। यस्तै आइसिसी प्रतिनिधिमा रन्जित कुमार महतो चयन भए।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास इजरायलका प्रथम सचिव हरिहर कान्तले एनआरएनए साइप्रसको योगदानको प्रसंशा गर्दै साइप्रसमा रहेका नेपाली विद्यार्थी र घरेलु कामदारको अवस्था र सम्पूर्ण समस्याको समाधानका लागि सक्दो पहल गर्ने बताए।

महावाणिज्यदूत रामजीवन पन्जियारको विशेष आतिथ्यता रहेको कार्यक्रममा निर्वाचन पर्वेक्षक रन्जित कुमार महतो र विभिन्न संघसंगठनका प्रतिनिधिले एनआरएन साइप्रसको भूमिका र योगदानको सराहना गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *