राजपाको चुनावमा जाने औपचारिक निर्णय

राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा सहभागी हुने भएको छ। विहीबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्यले चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

साथै राजपाले ८ वटै जिल्लामा उम्मेद्वार चयनका लागि ८ जना नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ । पर्यवेक्षकहरूमा सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राणा थारु र पर्सामा विजय गुप्ता रहेका छन्।

चुनाव चिन्ह साइकल लिएर निर्वाचनमा उत्रिन लागेको राजपाले एमालेले संविधान संशोधनको विपक्षमा उभिएर आफ्नो अहंकारवादी सोच, परिवर्तन र राष्ट्रिय एकता विरोधी तथा मधेस विरोधी चरित्रलाई थप पुष्टि गरेको आरोप लगाएको छ।

साथै राजपाले संविधान संशोधनको पक्षमा बन्दै गएको माहोललाई टिकाइराख्न नसक्नु सरकारको कमजोरी भएको समेत जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *