देउवा सरकारमा चार जना थारु राज्यमन्त्री बन्दै

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार जना थारु मन्त्री सहभागी हुने भएका छन्। नेपाली कांग्रसबाट दुई र नेपाल लोकतान्त्रिक फोरमबाट दुई गरी चार जना थारुहरु राज्यमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार नेपाली कांग्रेसबाट डिल्ली चौधरी र तेजुलाल चौधरी राज्यमन्त्री बन्नेछन्। डिल्ली चौधरी श्रम तथा रोजगार राज्यमन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद राज्यमन्त्री बन्नेछन्।

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी र सुमित्रा थरुनी राज्यमन्त्री बन्नेछन्। जनकराज संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र सुमित्रा पर्यटन राज्यमन्त्री बन्नेछिन्। यी दुबैजना

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि यही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। देउवाले आजै शपथग्रहण गराउने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *