मधेसीलाई बिहारी देख्नेहरु अहिले नेपाली भन्न थालेका छन् : योगेन्द्र चौधरी

नेपाल लोकतान्त्रिक फोरम नेपालका सांसद योगेन्द्र चौधरीले एमालेका सांसद भीम रावलले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संकीर्ण मानसिकताबाट आएको बताएका छन्। उनले बाढीपीडितका लागि सबैले सहयोग गर्नुपर्छ, सबै दलहरु एक ठाउँमा उभिनुपर्छ। तर यो प्रस्तावले संसद नै विभाजित भएको उनले आरोप लगाए।

उनले अहिले अवस्थामा आउनुमा शासन व्यवस्था पनि भएको बताए। उनले यस्तो वस्ती बसाउने पनि हाम्रै शासन व्यवस्था भएको आरोप लगाए। उनले मिठो सपना देखाउनेभन्दा पनि अहिले हुनसक्ने भोकमरी र स्वास्थ्य महामारीतिर सचेत हुन जरुरी रहेको बताए।

उनले यो प्रस्तावप्रति खुसी ब्यक्त गर्दै नाकाबन्दीका बेला मधेसीलाई बिहारी देख्ने नेताहरुले मधेस नेपालकै भूभाग हो भन्नु सकारात्मक रहेको बताए।
भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *