खरिदार नविनकुमार चौधरीद्वारा आत्महत्या

सर्लाहीमा एक कार्यलयका कर्मचारीले आइतबार बिहान कार्यलयमै झुण्डिएर आत्महत्या गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरीले आत्म हत्या गरेका हुन्।

सर्लाही बबरगंज २ बस्ने २८ वर्षीय चौधरी सात महिना अघिमात्र जागिरमा प्रवेश गरेका थिए। मृतक चौधरी केही दिनदेखि डिप्रेशनको रोगी रहेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख हरिशचन्द्र साहले बताए।

उनी काठमाडौंमा उपचार गराएर औषधी समेत सेवन गर्दै आएका थिए। साहले चौधरीले आत्महत्या गर्नुको कारण आफुहरुलाई थाहा नभएको बताए।

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *