आगलागी पीडितलाई थारु संस्थाको राहत

एलएन गच्छदार/मोरङ।

मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पीडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन्। थारुके अवाज नामक समाजिक संस्थाले शुक्रबार चौधरीको घरमा गई राहत समाग्री बितरण गरेको थियो। सो राहत समाग्री सुन्दरहरैंचा नगरपालिकाका नगर सदस्य तथा समाजसेवि रामलाल गच्छदार र संस्थाकी उपाध्यक्ष संगिता चौधरिको संयुक्त हातबाट चौधरी र चौधरीकि श्रीमती र छोरालाई हस्तान्तरण गरिएको थियो।

राहत समाग्रीमा खाद्यान्न ,लत्ताकपडा ,स्टेसनरी समान, झुल, एक थान त्रिपाल , सुत्ने डसना वितरण गरिएको थियो। राहत समाग्री पाएपछि चौधरी परिवारले स्थानीय निकायमा खबर गर्दासमेत कुनै राहत नपाएको गुनासो गरे।

कार्यक्रममा सुन्दरहरैंचाका नगर सदस्य रामलाल गच्छदारले थारुके आवाजले गरेको राहत समाग्री बितरण कार्यक्रमको प्रंशसा गर्दै, सामाजिक काममा एक जुट हुन आवश्यक रहेको बताए। संस्थाकी उपाध्यक्ष संगीता चौधरीले थारु समाजमा हुने आकस्मिक घटनामा संस्थाले सक्दो सहयोग गर्ने बताइन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *