प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट (भिडियो)

प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भएको छ । रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो । मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १ लाख जरिवाना समेत तिराएका छन्।

घटना १५ दिन अगाडिको भए पनि स्थानीय युवाको मोबाइलमा खिचिएको भिडियो भने सामाजिक सञ्जालबाट ढिला मात्र सार्वजनिक भएको हो ।स्थानीय एक युवाले नाम नभन्ने सर्तमा दिएको जानकारी अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । मीनाको बाल्यकालमै बिवाह भए पनि गौना हुन बाँकी थियो।

लामो समयदेखि दुईबीच प्रेम सम्बन्ध थियो। मीना भेट्न गएको मौकामा दिनेशलाई गाउँलेले नियन्त्रणमा लिएर कुटपिट गरेका हुन्। दिनेशमाथि कुटपिट हुँदा जोगाउन पुगेकी मीनामाथि गाउँलेले बर्बरतापूर्ण कुटपिट गरेका हुन् ।

भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *