मनसुन टिप्स : फेस पाउडर बढी प्रयोग नगर्नुस्

-मेकअप गर्नुअघि हानिकारक ब्याक्टेरियाको संक्रमणबाट बच्न राम्ररी हात र अनुहार धुनुपर्छ ।
-सकेसम्म फाउन्डेसन कम प्रयोग गर्ने । फाउन्डेसनको ठाउँमा पाउडरको प्रयोगमा जोड दिने ।
– फेस पाउडर आवश्यकताभन्दा बढी प्रयोग नगर्ने ।
-ब्लसिङका लागि यो मौसममा क्रिम ब्लसर्र प्रयोग गर्दा राम्रो हुन्छ ।
-आई–स्याडोका लागि हलुका रङको आई–स्याडो छान्नु उपयुक्त हुन्छ । क्रिम आई–स्याडोभन्दा पाउडर आई–स्याडो प्रयोग गर्नु राम्रो मानिन्छ।
-वर्षातको मौसममा मस्काराको प्रयोग त्यति उपयुक्त मानिदैन ।
-लिक्विड आई–लाइनरभन्दा पेन्सिल आई–लाइनरको प्रयोग गर्ने ।
– यस मौसममा लिप ग्लसको सट्टा मेटल लिपस्टिक प्रयोग गर्नु उचित हुन्छ ।
-कपाललाई खुला छोड्नुभन्दा बाँध्नु उपयुक्त हुन्छ ।
-यस मौसममा कपालमा स्प्रे, जेल आदि नलगाउनु नै फाइदाकारी हुन्छ ।
-समय–समयमा कपालको मसाज गरिरहनुपर्छ, यसो गर्दा रुखोपनबाट बच्न सकिन्छ ।
-वर्षाको पानीमा भिजेपछि कपाल स्याम्पुले नुहाउनुपर्छ ।
-घरेलु र प्राकृतिक कन्डिस्नरले कपाललाई कन्डिस्निङ गरिरहनुपर्छ ।
– बर्खामा पनि अनुहारमा मोइश्चराइजर लगाउन भुल्नु हुँदैन ।
-मनसुनमा बेलुका छालालाई टोनिङ गर्नु अनिवार्य छ । जसका लागि एक चम्चा दुधमा चार पाँच थोपा -चमेलीको तेल मिलाएर अनुहार र गर्धनमा लगाउन सकिन्छ ।
-यस मौसममा गह्रुँगा र भारी गहना लगाउनु हुँदैन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *