मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु सावित्री चौधरीको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।
चितवनको रत्ननगर नगरपालिकास्थित बछौलीमा सौराहाबाट रत्ननगरतर्फ आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ४५ वर्षकी सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मोटरसाईकल र चालक भने नियन्णत्रमा रहेको प्रहरीले जनाएको छ । यता गएराती भरतपुर महानगर वडा नम्बर १४ स्थित पश्चिम चितवनको गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको ना ४२ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा ४८ वर्षीय स्थानिय बलराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *