थारु सञ्चालक रहेको क्रिमसन एकेडेमीको बसमा विप्लव समूहद्वारा आगजनी

थारु कल्याणकारणी सभा उदयपुरले असार २६ गते त्रियुगा नगरपालिका ४ बगाहास्थित क्रिमसन एकेडेमी बोडिङ स्कुलको बसमा अगजनी गरेको घटनाको यथार्थ छानविन गरी दोषिमाथि कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै कल्याणकारणी सभाले घटनाको जिम्वेवारी लिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (विप्लव समूह)को भ्रातृ संगठनका कार्यकर्तामाथि गहिरो अध्ययन गरी कारबाही र पीडित संस्थालाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ।

विज्ञप्तीमा थारु समुदायका बुद्धिजीवीहरुद्धारा बालबालिकाको शैक्षिक भविष्य असल नागरिक निर्माणका लागि सञ्चालन गर्दै आएको बिद्यालयको बसमा आगजानी गर्नु बलबालिकाको अधिकार माथिको आक्रमण मात्र नभई थारुहरुको भावनामाथिको गम्भिर चोट भएको बताएको छ।

सभापति शिवकान्त चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘घटना जुनसुकै आवरणमा होस्, यो कार्य राजनीतिक घटना हुन सक्दैन, अपराधिक गैरकानुनी कार्य हो यस कार्यको हामी कडा निन्दा गर्न चाहान्छौं।’

बालबालिकाले भएरहित स्वतन्त्ररुपमा शिक्षा आर्जन गर्न पाउनु बालबालिकाको नैसंर्गिक हक हो यसलाई कुन्ठीत हुने गरी रातको समयमा आगजानी गर्ने र बालबालिकाहरुमा डरत्रास पैदा गरी, शैक्षिक वातावरण धुम्लयाउने र अध्ययन गर्न निरन्तसाहित गर्ने कार्यले बालबालिकाको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने कार्य भएको कल्याणकारीणी सभाको ठहर छ।

घटनाको भोलिपल्ट असार २७ गते नेकपा माओवादी पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका सगरमाथा व्युरो संयोजक सन्तोषी भट्टराईले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै घटनाको जिम्वेवारी लिनु भएको हो। विज्ञप्तीमा विद्यार्थीमाथि चर्को शुल्क लिएकोले संगठनले कारबाही स्वरुप आगजानी गर्नु परेको बताइएको छ।

क्रान्तिकारीले असार २६ गते राती १०:३० बजेको समयमा स्कुलको को१ख ५०४० नम्बरको बस बिद्यालयको हाताभित्रै राखिएको अबश्थामा आगजानी गरेको थियो। बस आगजानी गर्नुअघि उक्त समुहले गेट र भित्र रहेको बली रहेको विजुलीको वल्व झिकेर वत्ति मारेको विद्यालयका सञ्चालक सुमन चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *