उदयपुरको त्रियुगामा बलदेव चौधरी र देवी चौधरी निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत पाए ।

उपमेयरमा भने कांग्रेसकी देवी चौधरी निर्वाचित भएकी छन् । उनले ११ हजार ३ सय २२ मत पाइन् भने एमालेकी गीता रेग्मीले ११ हजार २ सय ७९ मत ल्याइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *