मोरङको बुढीगंगामा जितेसँगै गच्छदार पार्टीको सिट ६ पुग्यो

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै लोकतान्त्रिक फोरम विजयी भएको छ। अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका बालचन्द्र माझीले ५३२७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण थापामगरले ४५३७ मत ल्याएक छन्।

यस गाउँपालिकामा तेस्रो नम्बरमा रहेको नेकपा एमालेका बलभद्र सरदार थारुले ३४४४७ मत ल्याए भने माओवादी केन्द्रले १९७६ मत पाएका थिए।

यस्तै उपप्रमुखमा पनि फोरम लोकतान्त्रिककी अमृता कुमारी गच्छदारले ४९७२ मत ल्याएर विजयी भइन्। उनले नेकपा एमालेकी रीता न्यौपानेलाई ४५५९ मत ल्यार हराइन्।

यो जितसँगै गच्छदार नेतृत्वको पार्टीले उपेन्द्र यादव र बाबुराम नेतृत्वको गठबन्धनसँग बराबारी पुर्‍याएको छ। यसअघि लोकतान्त्रिक फोरमले सुनसरीमा दुई, नवलपरासीमा १, रुपन्देहीमा १ र कैलालीमा १ सिट जितेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *