रुपन्देहीको सम्मरीमाईमा नेपाल लोकतान्त्रिक फोरमको जित

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मतसहित विजय हासिल गरेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रसका विनोद श्रीवास्तव २१९६ मत ल्याए । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका अजय शुक्ला पनि पराजित भए ।

उपाध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसकी कुमारी प्रियंका शाही सिंहले २८१६ मत ल्याएर विजयी भइन् । उनकी निकटम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी कमलावति अहिरनले २१५० मत ल्याइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *