रुपन्देहीको मायादेवीमा ध्रुव नारायण चौधरी विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको छ । गापाको अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरेले २२५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा तारादेवी यादव विजयी भएकी छिन । उनले २२१३ मत प्राप्त गरी विजयी भएकी हुन् ।उनको निकटतम प्रतिद्वन्द्वी संघिय फोरम नेपालकी राजकुमारी चौधरीले २१६९ मत प्राप्त गरेकी छिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *