कपिलवस्तुको विजयनगरमा गोपालबहादुर र लक्ष्मीकुमारी चौधरी विजयी

कपिलवस्तुको विजयनगर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी विजयी भएका हुन् । थापाले ३ हजार ५१२ र चौधरीले ३ हजार १६१ मत पाएको निर्वाचन अधिकृत थानेश्वर घिमिरेले जानकारी दिए ।

विजयनगरमा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवारहरु रहे । स्वतन्त्र उम्मेदवार जानकी प्रसाद यादवले ३ हजार २८४ र अश्वीनी कुमार चाईले १ हजार ९०२ मत पाएका छन् ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ४५१ र उपाध्यक्षका उम्मेदवार ४४५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । विजयनगरमा १, २, ३ र ६ नम्बर वडामा एमालेको पूरै प्यानल विजयी भएको छ । वडा नम्बर ४ मा अध्यक्ष र दलित महिला सदस्य गुमाएको एमालेले ७ नम्बर वडामा अध्यक्ष पदमात्र जितेको छ । ५ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *