दाङको दंगीशरणमा भागीराम चौधरी विजयी

दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली खड्का ३०६७ मत ल्याएर विजयी भएकी छिन् ।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ र उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी एमालेकी सीमा न्यौपानेले २ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हिरालाल चौधरीले २ हजार ४ सय ८५ र उपाध्यक्ष सीताकुमारी बस्नेतले २ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *