बाँकेको डुडुवा गाउँपालिकामा नरेन्द्र चौधरी विजयी

बाँकेको डुडुवा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेका नरेन्द्र चौधरी विजयी भएका छन्। चौधरीले ४६९१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विजय बहादुर यादवले ४ हजार १ सय ९२ मत ल्याएका थिए।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै साहिदा बानु विजयी भइन्। उनले ४३१५ मत ल्याएर विजयी भइन्। उपमेयरमा संघीय समाजवादी फोरमकै जाबिदा खातुनले ४१३४ मत ल्याएर पराजित भइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *