रामजनमको क्षेत्रमा लोकतान्त्रिक फोरमले अग्रता लियो, टीकापुरको अग्रता कायमै

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार उनको पार्टीले अग्रता लिएको छ। यसअघि संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिइरहेका थिए।

लोकतान्त्रिक फोरमका उम्मेदवारले गणना भएको ७ हजार ६३९ मध्ये १ हजार ६३४ मत हासिल गरेका छन्। समाजवादी फोरमका उम्मेदवारले १ हजार २८४ मत पाएका छन्। कांग्रेसका उम्मेदवार १ हजार २२८ मतसहित तेस्रो स्थानमा छन्।
जोशीपुर गाउँपालिकाका वडा नम्बर १ र २ मा काँग्रेसका वडाध्यक्ष विजयी भएका छन्। १ मा विधिराम चौधरी र २ मा हेमलाल डगौरा विजयी भएको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिए। त्यस्तै वडा नम्बर ४ मा लोकतान्त्रिक फोरमका लखनलाल चौधरी विजयी भएका छन्।

टीकापुर र भजनी नगरपालिकामा लोकतान्त्रिक फोरमको अग्रता कायमै छ। टीकापुरमा १ हजार ३४४ मत सहित फोरमका लौटन चौधरी अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेको काँग्रेस ८१२ मतसहित चौथो स्थानमा झरेको छ। दोस्रोमा ९९० सहित माओवादी केन्द्र र तेस्रोमा ९४३ सहित एमालेका उम्मेदवार रहेका छन्।

भजनीमा फोरम १ हजार २२७ सहित धेरै अघि रहेको छ। उसलाई दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८६३ मतले पछ्याईरहेको छ। लम्की चुहा नगरपालिकामा काँग्रेसका उम्मेदवार १ हजार २६९ मत सहित अग्रस्थानमा रहेका छन्। एमालेले ९६७, माओवादी केन्द्रले ८३२ र फोरमले ६८४ मत पाएका छन। उपमेयरमा भने एमालेका उम्मेदवार १ हजार १४८ मतले अग्रस्थानमा छन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *