दंगीशरण वडा १ मा एमालेका श्रीप्रसाद चौधरीको प्यानल विजयी

दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएको निर्वाचन आयोग दाङले बताएको छ ।

विजयी चौधरीले ३ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक र सदस्यहरुमा उमेश चौधरी र जानकी चौधरी विजयी भएका छन् । कुल मतदाता १ हजार ५ सय ९५ रहेको यस वडामा १ हजार १ सय ३० मत खसेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *