पहिरोले प्रहरीको भ्यान र ट्रक पुर्‍यो, दुई प्रहरीको शव भेटियो

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

यस्तै प्रहरी भ्यानमा सवार प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ भने अझै बेपत्ता भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। पहिरोसंगै खोलामा खसेको प्रहरी भ्यान देखिएको छैन् । जसले गर्दा खोजी गर्न कठिनाई भएको प्रहरीले जनाएको छ।

यस्तै प्रहरी भ्यानसँगै पहिरोले एक ट्रक पनि खोलामा खसेको छ । ट्रकको भने केही भाग मात्रै देखिएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । गयराति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक नदीमा खसेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *