बारा एमालेमा हंगामा, पार्टीको निर्णयअनुसारै उम्मेदवार छनौट गरेको दाबी

नागेन्द्र चौधरी/बारा

नेकपा एमाले जिल्ला कमिटीले स्थानीय निर्वाचनका लागि बारा जिल्लाका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका वडाहरुमा अध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो लगाएको छ।

उनीहरुलाई पार्टीको विधि र प्रक्रियाअनुसार नै उम्मेदवार बनाउने निर्णय भएको कमिटीले स्पष्ट पारेको भन्दै सामाजिक संजालमार्फत आएका तथ्यहीन र भ्रामक प्रचारमा नपरी पार्टी निर्णयको पक्षमा लाग्न आग्रह गरेको छ।

बैठकले स्थानीय निर्वाचनको मिति सरेनि पार्टीका गतिविधिलाई निरन्तरता दिन मातहत कमिटीलाई निर्देशनसमेत दिएको छ। जिल्ला कमिटी अध्यक्ष सुन्दर विकको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

त्यस्तै पार्टीको पदाधिकारी बैठकले सरकारले निर्वाचनको मिति सारेर प्रदेश नम्बर २ का नागरिकको आफ्नो प्रतिनिधि चुन्ने अधिकारको हनन् गरेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *