कांग्रेसका महासमिति सदस्य ललन चौधरी माओवादीमा प्रवेश

नेपाली कांग्रेसका महासमिति सदस्य ललन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पूर्वप्रधानमन्त्री एवं मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा एक कार्यक्रमबीच चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । चौधरी कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय खेलकूद विभागको नेता हुन् ।

उनी २०३६ र २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा जनकपुर क्षेत्रका कमाण्डर मानिन्छन् । जनकपुर क्षेत्रमा जिउँदो सहिदको नामले चिनिने चौधरी ‘माओवादी नीति र प्रचण्डको नेतृत्व क्षमताबाट प्रभावित भएर आफू माओवादी केन्द्रमा प्रवेश गरेको’बताएका दाहालको सचिवालयले जनाएको छ ।

माओवादीमा प्रवेश गराउादै माओवादी केन्द्रका अध्यक्ष दाहालले ललन चौधरीको माओवादी आन्दोलनमा प्रवेशले जनकपुर क्षेत्रमा नयाँ उत्साह र गति पैदा गर्ने विश्वास व्यक्त गरे । चौधरीले लोकतान्त्रिक आन्दोलनका क्रममा पाँच वर्ष लामो जेल जीवन बिताएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *