नाइटिङ्गेल स्कुलमा विद्यार्थीहरुले देखाए प्रतिभा

ललितपुरको कुपण्डोलमा क्षेत्रस्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको हो।

नाइटिङ्गेल स्कुलमा भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रका २२ वटा जिल्लाका विभिन्न विद्यालयहरुको सहभागिता थियो। गणित, विज्ञान, सिर्जनात्मक एवम् वक्तृत्व गरी चारवटा विद्याका विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

शिक्षा सचिव श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुको लुकेर रहेको प्रतिभा बाहिर आउनसक्ने हुनाले विद्यालय, जिल्ला र क्षेत्रमा यस्ता कार्यक्रमहरु सञ्चालन भइरहनुपर्ने बताए। कार्यक्रममा विभिन्न विद्यालयका विदार्थीहरुले रोचक संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

नाइटिङ्गेल स्कुलको संयोजनमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्याक रञ्जना प्रधानले अनुशासन, प्रतिभा, लगनशीलता र इमानदारिताले मात्र विद्यार्थीले जीवनमा सफलता पाउनसक्ने भएकाले यस्ता विषमा हरेक विद्यालय र अभिभावकले समेत विचार पुर्याउनुपर्ने बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *