मेयरका आकांक्षी एवं थाकस कैलालीका उपाध्यक्ष जोधीप्रसाद चौधरीको दुर्घटनामा मृत्यु

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस बुधबार बिहान साढे १० बजेतिर जानकी गाउँपालिका-९ पथरैयामा दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ । १६ जना घाइते भएका छन् ।

ना ५ ख ५३० नम्बरको बस दुर्घटना हुँदा टीकापुर नगरपालिकाह-१ का ४० वर्षीय जोधीप्रसाद चौधरीको निधन भएको हो । चौधरी नेपाली कांग्रेसबाट टीकापुर नगरपालिकाको मेयरका आकांक्षी थिए । उनी थारु कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष पनि हुन् ।

नेपाली कांग्रेसमा चौधरीलाई थारु समुदायको बलियो नेताका रुपमा लिइन्थ्यो । लामो समयदेखि शैक्षिक क्षेत्रमा समेत आबद्ध चौधरीको निधनले टीकापुरबासी शोकाकुल भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गाडी चालक अत्तरिया नपा-९ का धर्मसिंह पुजारा, लम्कीचुहा नपाका वर्ष ५ की सीता विक, बाँकेकी ५० वर्षीया बालकुमारी मल्ललाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

अन्य १३ जना सामान्य घाइते भएका जनाइएको छ । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *