संविधान संशोधन, मुद्दा फिर्तालगायतका विषयमा कांग्रेस-माओवादी र राजपाको तीन बुँदे सहमति

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै छन् । तर, छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ ।

सहमतिको पहिलो बुँदामा प्रचण्ड सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ ।

दोस्रो बुँदामा सहिद घोषणा, मुद्दा फिर्ता लगायतका प्रतिवद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा बृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ ।

साथै प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने सहमति भएको छ । सहमतिमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।

तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेकोराजपा नेपालका २४ सांसद छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका १५ सांसद छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *