आमा, मलाई नमार ! (पाठक पत्र)

संसार कस्तो रहेछ यही सोच राखेर संसारमा आउने चाहना राखेर मायालु जोडी रोजेकी थिएँ। उनमा माया ममता धेरै देखेँ मैले। सबैलाई माया गर्ने यो जोडीलाई देख्दा लाग्थ्यो, यो जोडीको कोखबाट यी दुईको मायाको चिनो भएर धर्तीमा पाइला टेकुँ। मेरा आखाँले यो जोडीलाई पहिलोपटक नमन गर्नेछु। अनि आफ्नो बनाउनेछु। यी दुईको जोडीलाई झनै कसिलो बनाइदिनेछु।
मैले रोजेको जोडी धेरै भागयमानी र माया गर्नेमध्ये एक हो। एक अर्कालाई निस्वार्थ माया गर्छन्। एकले आर्कोलाई धेरै विश्वास अनि आदर गर्छन्। यस्तो मायालु जोडीको कोखबाट यो संसार देख्न पाउँछु भन्ने ठूलो भरोसा गरेर रोजेको कोखले आज मलाई संसार देख्नै नपाई बिदा गर्दैछन्।
ओहो कसरी सक्छौ आमा?
आमा शब्द नै सन्तानको लागि सम्पूर्ण छ। तिमी कसरी सक्छौं मलाई मार्न?
आमा तिम्रो त्यो कोख अनि बाबाको तिम्रो लागि गरेको माया देखेर तिमी अनि बाबालाई रोजेको थिएँ मैले, तर तिमी निस्ठुरी आमा निस्कियौं। आमा तिमी मलाई आफूबाट टाढाँ गर्न सक्छौं?
आमा तिमीलाई बहिरी चित लाग्दा मलाई भित्रै दुखेको थियो। अब त तिमी मलाई मार्दैछौं।
आमा मलाई दुख्छ भनेर तिमीले सोँचेको पनि छैनउ होला। तिमी अनि बाबाको संगमबाट तिम्रो रगतबाट हुर्किँदैछु। बाबाबाट बाहिर आएर तिमीमा तिमी अनि बाबालाई महसुस गर्दैछु। तिम्रो अनि बाबाको रमाइलो कुराहरु सुन्छु, म पनि मुस्कुराउँछु। आमा तिमी रुदा पनि दुःखी हुन्छु। आमा तिमी त बच्चा भनेपछि हुरुकै हुन्थेउ अनि फेरि कसरी निर्णय गर्दैछौं?
आमा मेरो ढुकढुकी तिमी महसुस गर। आमा म तिमीभित्रै छु। तिमीले धेरै माया गर्ने बाबाको अंश हो म। आमा मलाई पनि यो संसार हेर्न देउ न। तिमी त्यति निस्ठुरी छैनउ आमा मलाई संसारै नदेखाइ मार्नलाई।
आमा म पनि तिमीजस्तै सहनसिल हुन्छु। तिमी जस्तै धैर्यवान बन्छु। मलाई सुनिरहेकी छौ भने मलाई यो धर्तीमा टेक्न देउ आमा।

-माया




Leave a Reply

Your email address will not be published. Required fields are marked *