कञ्चनपुरमा राना थारु समुदायकी १२ वर्षीया बालिका बालत्कृत

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए ।

बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । यही मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको । तर, स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनले बालिकाकी माइजूलाई बोलाई केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको बताए ।

‘घटना बाहिर आएदेखि नै भलमन्सासहितका अगुवा बसेर कुरा मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘लेनदेनमा कुरा नमिलेका कारण प्रहरीसम्म पुगेको र फेरि गाउँमै मिलाउन खोजिएको छ ।’ उनले सादा पोसाकमा प्रहरी खटाउँदासमेत गाउँलेले असहयोग गरेका कारण अभियुक्त समात्न नसकेको बताए । राधे गाउँमै भएको र उनको फोनसमेत लागिरहेको भट्टको भनाइ छ । सिविन नेपाल र ओरेक नेपालको टोलीले बालिकालाई सेफ हाउसमा लैजान खोजे पनि उनले राधेसँगै जाने अडान लिएको प्रहरी निरीक्षक भट्टले बताए । ‘बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ,’ उनले भने, ‘त्यही पुरुषसँग जाने अडान लिइरहेकी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *