नवनियुक्त राज्यमन्त्री जनकराज चौधरीद्वारा शपथग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा उनलाई शपथ गराइएको हो ।

समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, शिक्षामन्त्री धनीराम पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।

नवनियुक्त अन्य राज्य मन्त्रिहरूकाे शपतग्रहणा यस अघि नै भइसकेको छ । चाैधरी बाहिर भएका कारण शुक्रबार मात्रै सपथ गराइएकाे हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *