पदभार ग्रहण गर्दै गच्छदारले भने- ‘राष्ट्रका लागि समर्पित भएर काम गर्छु’

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु।’ उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको चुनाव सम्पन्न हुने बताउँदै यसलाई अर्थपूर्ण बनाउनका लागि आफू लाग्ने बताए।

दोसो चरणको स्थानीय तहको निर्वाचन गर्न पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउँदै उनले भने, ‘पहिलो चरणको जस्तै दोस्रो चरणको चुनाव पनि महत्वपूर्ण छ, चुनावमा केही असहमत पक्ष पनि छन्, ती सबै असहमत दललाई चुनावमा ल्याउने जिम्मेवारी निर्वाह गर्छु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *