न्युयोर्कमा आदिवासी सम्मेलन : आदिवासीका सबाल सम्बोधन हुनुपर्ने उपाध्यक्ष चौधरीको जोड

न्युयोर्क- संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आदिवासी मामिलासम्बन्धी स्थायी मञ्चको सम्मेलन सम्पन्न भएको छ। २४ अप्रिल २०१७ देखि सुरु भएको सम्मेलन ५ मे २०१७ मा विशेष समारोहका साथ सम्पन्न भएको हो। सम्मेलनमा मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग कूटनीतिक छलफल गरेका थिए।

उनले विभिन्न राष्ट्रका कूटनीतिक वुद्धिजबीबी, राजदूत, मन्त्री, राष्ट्र प्रमुख, युएनडीपी, आइएलओ, युएनएफपिए, डब्लुएचओलगायत प्रतिनिधीहरुसँग अन्तर्क्रिया गरी आदिवासी जनजातिका सबाल र मुद्दालाई प्रभावकारी तरीकाले सम्बोन्धन गर्न आह्वान गरे।

सम्मेलनमा उपाध्यक्ष चौधरीले आइएलओ १६९ लाई पुनः निरन्तरता दिन नेपाल सरकारसँग पहल गर्नुका साथै कार्यान्वयन गर्नमा जोड दिएका थिए। दुई हप्ते सम्मेलनको मुख्य उद्देश्य ‘संयुक्त राष्ट्र संघिय आदिवासी मावन अधिकारका लागि घोषणा पत्र’ को १० वर्षे उत्सव रहेको थियो।

सम्मेलनमा संयुक्त राष्ट्र संघको १९३ सदस्य राष्ट्रबाट राष्ट्र प्रमुख, मन्त्री, उच्च स्तरीय सरकारी अधिकारी आदिवासी अगुवा, पत्रकार, सामाजिक अभियन्ता लगायत दुई हजार भन्दा बढीको सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *