थारु बाहुल्य रहेको चितनवको खैरहनी नगरपालिकामा तीन थारुको भीडन्त

थारु बाहुल्य रहेको चितवनको खैरहनी नगरपालिकामा मेयरमा ११ जना र उपमेयरमा ८ जनाको उम्मेदवारी दिएका छन्। कूल ३३ हजार मतदाता रहेको खैरहनी नगरपालिकामा थारु समुदायबाट नेपाली कांग्रेसका राजेन्द्र चौधरी, नेकपा एमालेका लालमणि चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट चुडामणि चौधरीले मेयरका लागि उम्मेदवारी दिएका छन्। खैरहनीमा यिनै तीन उम्मेदवारको बलियो सम्भावना रहेको बताइएको छ।

त्यस्तै माओवादी केन्द्रबाट एकराज डल्लाकोटी, राप्रपाबाट चित्रबहादुर विसुराल, लालमणि कुँवर (नयाँ शक्ति पार्टी), भिमबहादुर काकी (नेकपा माले) र स्वतन्त्रमा चुडामणि दर्जी, कमलप्रसाद न्यौपाने, केशव अधिकारी र राजकुमार सेढाई छन्।

त्यस्तै उपमेयरमा सुशीला उप्रेती (नेपाली कांग्रेस), सुनिता खरेल थपलिया (नेकपा एमाले), रेवती उप्रेती (माओवादी केन्द्र), मन्जु बर्तौला (राप्रपा), श्यामकुमारी चौधरी (नेपाल लोकतान्त्रिक (फोरम), भवानी देवी घिमिरे (नयाँ शक्ति पार्टी ), दुर्गा आचार्य (नेकपा माले) र
स्वतन्त्रमा डेकवहादुर थापा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *