रुक्मिणी चौधरीसहित एक सिटे पार्टीको संघीय मोर्चा गठन

संसदमा प्रतिनिधित्व गर्ने एकसिटे साना दलहरूले मोर्चा गठन गरेका छन् । सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) कि अध्यक्ष रुक्मिणी चौधरी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आर.के. खम्बुले ‘संघीय मोर्चा’ गठनको घोषणा गरेका हुन् ।

उनीहरूले मोर्चा गठन भए पनि तीन वटै राजनीतिक दल आ–आफ्नो अस्तित्वमा रहने जनाएका छन् । मोर्चाले अध्यक्षमण्डलमार्फत निर्णयहरू गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) कि अध्यक्ष रुक्मिणी चौधरीले जानकारी दिइन् ।

राज्यको मूधारमा समेटिन नसकको बहिस्कृत जाति र समुदायहरूसँग सामाजिक सहकार्य निर्माण गर्दै संघीय मोर्चामा धेरै राजनीतिक दलहरूलाई आवद्ध गराइने नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले बताए ।

खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष आर. के. खम्बुले संसदमा रहेका र संसदभन्दा बाहिर रहेका पहिचानवादी दलहरूसँग सहकार्य गरेर जाने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *