बर्दिया र कैलालीमा माओवादी उम्मेदवारको टुंगो, यी हुन् थारु उम्मेदवार

नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ। धनगढीमा शनिबार आमसभा गरेर माओवादीले पार्टी नगरका उम्मेदवारको टीम सार्वजनिक गरेको हो । माओवादीले मेयर, उपमेयरसहित उपमहानगरपालिकाको एक वडाबाहेक सबै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरु सार्वजनिक गरेको छ ।

धनगढी उप महानगरपालिकामा माओवादीले केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य रामसमझ रानालाई मेयर र शान्ती अधिकारी क्षेत्रलाई उपमेयरको उम्मेदवार घोषणा गरेको छ।

नगर समिति वाट जिल्ला समितिमा पुगेर सिफारिस भएका उम्मेदवारको नाम प्रदेशले अनुमोदन गरेको माओवादीको धनगढी नगर अध्यक्ष निर्मल शाहले बताए ।

माओवादीबाट वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुमा आदिवासी जनजातीको बाहुल्यता देखिएको छ । हालै नेपाली काँग्रेसबाट माओवादीमा प्रवेश गरेका सुग्रीव रानाथारुलाई माओवादीले वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनाएको छ ।

माओवादीले वडा नम्बरको १ को अध्यक्षमा मेघराज लामिछाने सोव, २ मा तिलकबहादुर सिंह, ३ मा बलबहादुर ऐर, ४ मा डिल्ली भट्ट, ५ मा चक्र बिक, ६ मा भागिराम चौधरी, ७ मा लोकेन्द्र जैसी र वडा नम्बर ९ मा चक्र पार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

यस्तै वडा नम्बर १० मा दिलबहादुर राना, ११ मा गंगा राना, १२ मा खडकराज भट्ट, १३ मा ऋषिराज बिनाडी, १५ मा फुलराम चौधरी, १६ मा दरवारी राना, १७ मा रामबहादुर चाैधरी, १८ मा मुरारी अधिकारी र १९ मा राधाकृष्ण अधिकारीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

वडा नम्बर १४ का लागि आएको तीन जनाको नाममध्ये उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको नगर अध्यक्ष शाहले जानकारी दिए ।

यस्तै, सदस्यहरुमा दलित महिला सदस्य, महिला सदस्य र सदस्यमा क्रमशः वडा नम्बर १ मा खीमा नेपाली, किरण पाण्डेय, लालबहादुर सुनार र किसनबहादुर कामी, २ मा दिपा सुनाम, सुष्मा चौधरी, चन्द्रबहादुर ओली र प्रदिप केसी, ३ मा सुशीला सिजापति, कविता कार्की, लबरु चौधरी र जयदेव बिष्ट, ५ मा मिनादेवी बिक, जानकी रावल शेरबहादुर थापा र रुपलाल चौधरीलाई माओवादीले उम्मेदवार बनाएको छ ।
वडा नम्बर ४ मा सदस्यहरुको टुंगो लाग्न बाँकी छ ।

यस्तै वडा नम्बर ६ मा धर्मीदेवी सार्की, भावना चौधरी, खुशीरामा चौधरी र महेन्द्रबहादुर थापामगर, ७ मा प्रेमादेवी बिक, मायादेवी चन्द सिंह, देवप्रकाश राना र इन्द्र चौधरी, ८ मा धेबुकुमार सुनार, रुन्ची चौधरी र बलराम पाठक, ९ मा रुपादेवी पार्की, माया चौधरी, ओमप्रकाश चौधरी र मिता बिष्टलाई दलित महिला सदस्य, महिला सदस्य र सदस्यमा उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।

वडा नम्बर १० मा दलित महिला उम्मेदवार नपाएको माओवादीले महिला सदस्यमा भागरथी राना तथा सदस्यमा कल्लुराम राना र मन्त्री रानालाई उम्मेदवार बनाएको छ ।

वडा नम्बर ११ मा पवित्रा तिरुवा, खगेश्वरी जोशी, पञ्चुराम चौधरी र बधियादेवी चौधरी, १२ मा प्रेमकला सोव, फुलमती चौधरी, हस्तबहादुर पुनमगर र नन्द ओखेडा, १४ मा रेवती बिक, टुन्नीदेवी चौधरी, जितबहादुर अधिकारी र मानकुमारी बस्नेत तथा १५ मा सिता सार्की, पवित्रा चौधरी पुरी, प्रेम राना र कालुराम चौधरीलाई क्रमशः दलित महिला सदस्य, महिला सदस्य र सदस्यका उम्मेदवार हुन् ।

वडा नम्बर १३ र १७ मा मा दलित महिला सदस्यको नाम उल्लेख गरिएको छैन भने १३ मा महिला सदस्यमा राधिका साउँद तथा सदस्यमा सरस्वती चौधरी र हरिलाल राना तथा १७ मा सिमादेवी चौधरी, चन्द्ररुप चौधरी र बमबहादुर बोहरा उम्मेदवार हुनेछन् ।

यस्तै १६ मा तारादेवी सार्की, मिनादेवी चौधरी, सिद्धराज चौरी र दिपेन्द्र चौधरी, १८ मा मन्धरी बिक, सितादेवी चौधरी, रामचन्द्र सुवेदी र नेत्रप्रसाद ओली तथा १९ मा खिना लुहार, सितनिया चौधरी, मल्टुराम चौधरी र खेमलाल चौधरीलाई उम्मेदवार बनाइएको छ ।

यी हुन् बर्दियाका थारु उम्मेदवार
लामो रस्साकस्सी र छलफलपछि नेकपा (माओवादी केन्द्र) बर्दियाले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको नाम टुंग्याएको छ । जिल्लामा ८ वटा स्थानीय तहमा उम्मेद्वार तोक्नुपर्ने भए पनि पार्टी भित्रकै छलफलमा कुरा नमिलेपछि दुई नगरपालिकाको उम्मेद्वार केहि दिनमै घोषणा गर्ने गरी ६ वटा स्थानीय तहको उम्मेद्वारको आधिकारिक नाम सार्वजनिक गरेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवन कुमार थारुले बताए ।

थारुका अनुसार सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख पदका लागि गेहेन्द्र ढकाल र उपप्रमुख पदका लागि मोहन कुमारी (मिथिला) फुँयालको नाम सिफारिस गरेको छ । त्यस्तै, मधुवन नगरपालिकाको प्रमुखमा गणेश केसी र उपप्रमुखमा शुभरानी थारु, राजापुर नगरपालिकाको प्रमुख पदमा दिपेश थारु र उपप्रमुख पदमा मनकला थारुको नाम सिफारिस गरेको छ ।

वाँसगढी नगरपालिकाको प्रमुख पदमा विनाराम थारु र उपप्रमुख पदमा भूमी विक छन् । गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा वेहगराज थारु, उपाध्यक्षमा लिला थारु र बढैयाताल गाउँपालिकामा अध्यक्ष लल्लुराम थारु उपाध्यक्ष राधा आचार्य तोकेको सो पार्टीले जानकारी दिएको छ ।

आकांक्षीको संख्या धेरै भएका कारण ठाकुरवावा नगरपालिका र बारबर्दिया नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा छलफल भइरहेको उनले बताए । माओवादी केन्द्रले स्थानीय तहका करिब सबै वाडमा अध्यक्ष तथा सदस्यको नाम तोकिसकेको छ । बर्दियाबाट नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरुले केही दिनमा उम्मेद्वारहरु तोक्ने बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *