प्रवासी थारु समाज युएईलाई थाकसको मान्यता, अध्यक्षमा पुनः किशोर चौधरी चयन

प्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको साथै नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान र बनभोज कार्यक्रम सम्पन्न गरेको महासचिव मान महतोले जानकारी दिए ।
प्रवासमा थारु समुदायको कला संस्कृति प्रवद्र्धन र संरक्षण गर्न सहयोग गठन भएको प्रवासी थारु समाज युएई नेपालको समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

समाजलाई थाकसको मान्यता
प्रवासी थारु समाज युएईलाई थारु कल्याणकारिणी सभा (थाकस)को युएई च्याप्टरको रुपमा मान्यता दिएको छ । अन्तर्राष्ट्रिय तथा प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीद्वारा हस्ताक्षरित पत्रमा केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले समाजलाई थारु कल्याणकारिणी सभाको विधानअनुसार सञ्चालन गरिने र विधानअनुसार सबै हक अधिकार युएई शाखालाई प्राप्त हुने निर्णय गरिएको उल्लेख छ ।

यस्तो छ ४२ सदस्यीय नयाँ कार्यसमिति
१. अध्यक्ष : श्री किशोर चौधरी ( दाङ, जिल्ला )
२. प्रथम उपाध्यक्ष : श्री दिपेन्द्र थनेत ( नवलपरासी )
३. उपाध्यक्ष : श्री जुगराम थारु ( बाँके जिल्ला )
४. महासचिव : श्री मान महतो ( नवलपरासी )
५. सचिब : श्री रुपेश चौधरी ( नवलपरासी )
६. कोषाध्यक्ष: बासुदेव चौधरी ( रुपन्देही )
७. सह-कोषाध्यक्ष : धर्म राज महतो ( नवलपरासी )
८. प्रवक्ता : खेम ना. महतो ( नवलपरासी )
९. सांस्कृतिक बिभाग प्रमुख : तुलसी महतो ( नवलपरासी )
१०. प्रचारप्रसार प्रमुख : श्री अनुराग महतो ( नवलपरासी )
११. खेलकुद प्रमुख : श्री बुद्दी चौधरी ( रुपन्देही )
१२. प्रमुख सल्लाहकार : श्री राम भुवन चौधरी ( सप्तरी )
१३. सदस्यहरु : श्रीमती राखी चौधरी ( झापा )
१४. सदस्य : टिका प्रसाद चौधरी (सुनसरी )
१५. सदस्य : अनिल चौधरी ( सप्तरी )
१६. सदस्य : संजय चौधरी ( सिरहा )
१७. सदस्य : बिजय कुमार चौधरी ( सिरहा )
१८. सदस्य : सुरेस कुमार चौधरी ( सिरहा )
१९. सदस्य : श्रीमती ललिता चौधरी (चितवन )
२०. सदस्य : श्रीमती माहि चौधरी ( चितवन )
२१. सदस्य : श्री जितेन्द्र कुमार महतो (चितवन )
२२. सदस्य : मन्नु चौधरी ( चितवन )
२३. सदस्य : चुरामणि महतो ( चितवन )
२४. सदस्य : बुद्धि राम महतो ( चितवन )
२५. सदस्य : संदिप चौधरी ( चितवन )
२६. सदस्य : जितेन्द्र चौधरी ( चितवन )
२७. सदस्य : बिनोद महतो ( चितवन )
२८. सदस्य : दिलिप महतो ( चितवन )
२९. सदस्य : श्री धन गुरौ ( नवलपरासी )
३०. सदस्य : श्री लालबहादुर चौधरी ( नवलपरासी )
३१. सदस्य : यम नारायण महतो ( नवलपरासी )
३२. सदस्य : राज महतो ( नवलपरासी )
३३. सदस्य : भुपेन्द्र थनेत (नवलपरासी )
३४. सदस्य : प्रमेश्वर महतो ( नवलपरासी )
३५. सदस्य : तेजबहादुर महतो ( नवलपरासी )
३६. सदस्य : कृष्ण चौधरी ( नवलपरासी )
३७. सदस्य : श्रीमती जानकी महतो ( नवलपरासी )
३८. सदस्य : श्री भागि चौधरी ( दाङ )
३९. सदस्य : श्री बल बहादुर चौधरी (बाँके )
४०. सदस्य : श्री सुमन चौधरी ( बर्दिया )
४१. सदस्य : श्रीमती रुकमणि चौधरी ( कंचनपुर )
४२. सदस्य : श्रीमती सपना चौधरी ( कंचनपुर )




Leave a Reply

Your email address will not be published. Required fields are marked *