टीकापुर घटनामा आधारित रेशम चौधरीको किताब आउँदै

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना :  एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो सबैका लागि रहस्यमय नै हुने उल्लेख गरेका छन् । ‘यो सानो घटना भने हुँदै होइन। अक्सर सबैले भन्छन् यो सुनयोजित हो तर मलाई भने लाग्दैन, कहिलेकाहीँ त म अचम्म परेर एकोहोरो सोचिरहन्छु, यो घटनालाई त हामीले पो सुनयोजित भन्नुपर्ने हो तर थारुको छोरा त्यत्रो झुटको पोको आफ्नो थाप्लोमा बोकिरहन सक्दैन,’ उनले भनेका छन् ।

‘हामी इमानदार भएर प्रस्तुत भइरहँदा राज्य भने चार कदम अगाडि बढेर हामीलाई दमन गर्न तल्लीन छ, सायद सहनुलाई हाम्रो कमजोरी सम्झिँदै होला। त्यसबेलाको प्रधानमन्त्री सुशील कोइरालालको कार्यकालमा गठन गरिएको देबिराम शर्माको छानबिन आयोगले बुझाएको प्रतिबेदनलाई समेत सरकारले कार्यान्वयन नगर्नु, मानवअधिकार संस्था एमनेस्टी इन्टरनेशनको प्रतिबेदनलाई समेत नमान्नु,एकोहोरो रूपमा आफ्ना कार्यशैलीलाई लादिरहनुजस्ता कार्य नै श्रकाका प्रशस्त आधारहरु हुन्। करिब दुई बर्ष पुग्न लाग्दासमेत यो घटनाको छानबिनका लागि राज्यले समेत चासो नदिनुले कतै यो राजनीतिक आवरणमा गरिएको षड्यन्त्रपुर्ण सुनयोजित घटना त होइन रु भन्ने आश्रका आजभोलि मलाई समेत लाग्न थालेको छ,’ यनले भनेका छन्।

नले यो पुस्तकमा आफूले केही नलुकाएको प्रष्ट पारेका छन् । ‘मैले यो पुस्तकमा कहीँ कतै केही लुकाएको छैन। मैले अघि नै उल्लेख गरिसकेको छ कि यसले छानबिन तथा अनुसन्धानमा समेत सहयोग पुर्यानउनुपर्छ। यो सुनयोजित घटना हो वा होइन भनेर को दुबै पक्षका आन्दोलनकारीलाई पनि थाहा नहुन सक्छ। जस्तो मलाई घटनाको मुख्य दोषी बनाएर जबरजस्ती मुछिने कोसिस गरिँदैछ, त्यस्तै अरु पनी बैकल्पिक तानाबाना बुनिएको थिएन होला भन्न सकिन्न । एकातिर यो घटनाको प्रकृति हेर्दा आकस्मिक जस्तो लाग्छ, अर्कोतर्फ बस्तु स्थिति केलाउँदै जाँदा सुनयोजितजस्तो पनि लाग्छ। घटना भएपछि थुप्रै पत्रकार, मानवअधिकारकर्मी घटनास्थलमा गएपनि कसैले सुनयोजित षडयन्त्रपूर्णको बारेमा केलाएनन्, हुन त बिषयबस्तुको आधार नभएर पनि होला,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *