थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने

कारी महतो/रत्ननगर।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको इतिहासमा मात्र नभएर विश्वको कुनै देशमा यति धेरै अधिकार भएको स्थानीय तह छैन, माओवादीसँगै हिँडेर सयौं थारु समुदायको बलिदानीको परिणाम हो यो,’ उनले भने।

थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ८ रत्ननगरको सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा आज प्रमुख अतिथिको रुपम आमन्त्रित आहुतिले उक्त कुरा बताएका हुन्। थारु जाति नेपालमा दुई–तीन हजार वर्षभन्दा बढी समय अगाडिदेखि तराईमा बसोबास गर्दै आएको विज्ञानले प्रमाणित गरेको कुरा आहुतिले बताए।

उनले भने, ‘थारु समुदाय सभ्यताको प्रतीक हो तर जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन ल्याउँदा यो समुदायलाई ‘मासिन्या मतवाली’ कोटिभित्र राखेर चर्को रुपमा दमन गर्न थाले। २००७ सालपछि थारुलाई अघोषित रुपमा शोषण गरियो। यसरी तराईको सबैभन्दा शोषित र पीडित जनसमुदाय नै थारु समुदाय हो। थारु सँस्कृति संरक्षण हुनु भनेको समग्र नेपालकै संस्कृति संरक्षण हुने हुँदा सबै दलले थारु संस्कृति संरक्षणको लागि सहयोग गर्नुपर्छ’ आहुतिले बताए।


प्रमुख अतिथिका रुपमा आमन्त्रित आहुतिलाई थारु सम्मानका साथ मुणेठा बाँधेर थारु परम्पराअनुसार नै थारु गुरौं निर्देशनअनुसार शिलान्यास गरेका छन्। रामबहादुर थापा ‘बादल’को सिफारिसमा स्थानीय विकास मन्त्रालयले ५५ लाख बजेट निकासा गरेपछि थाकस चितवन रत्ननगर नगरकमिटीले १० धुर जग्गा खरिद गरी भवन निर्माणका लागि कार्यक्रम अगाडि बढाएको हो।

लागत इष्टिमेटअनुसार उक्त भवन ६७ तयार हुने अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष दर्शन चौधरीले बताए। कार्यक्रममा लक्ष्मी चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम थाकस चितवन क्षेत्र नं. ८ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *