नयाँ शक्तिका संयोजक बाबुराम र सांसद गंगा चौधरीलगायत नेतामाथि प्रहरीको दुर्व्यवहार

निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद गंगा चौधरीलगायतका नेताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको बताएका छन् । २ नम्बर गण हुँदै प्रहरी क्लब पुर्‍याएका नेताहरुलाई प्रहरीले साँझ नेताहरुलाई रिहा गरेका थिए । तर, नयाँ शक्तिका संयोजक भट्टराईले आफूहरुलाई किन पक्राउ गरिएको नखुलाएको भन्दै क्लब नछाड्ने अडान राखे ।

उनले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग पनि फोनमा सम्वाद गरे । आफूले निषेधित क्षेत्र तोडेको स्वीकार गर्दै कारबाही गर्न भनेको तर, गृहमन्त्रीले केही नभनेर फोन राखेको भट्टराईले बताए ।

लगतै प्रहरीले नेताहरुमाथि बल प्रयोग गरेको थियो, जसका कारण निकैबेर तनाव भएको थियो । प्रहरीले भट्टराईका साथै पूर्व सांसद हिसिला यमी, आफू लगायतलाई दुव्यर्वहार गरेको सांसद गंगा चौधरीले बताइन्।

राति ८ बजेतिर प्रहरी क्लब छाडेका भट्टराईले सडकमै पत्रकार सम्मेलन गर्दै सर।कारको आलोचना गरे । उनले भने, ‘गणतन्त्र नेपालका प्रधानमन्त्री प्रचण्ड भएको बेला लोकतन्त्र र गणतन्त्रको उपहास देखियो ।’

घटनाबाट आफू लज्जीत भएको भन्दै उनले अघि भने, नेपालमा सही अर्थमा अझै लोकतन्त्र आएको रहेनछ । जनताको अधिकार, विधिको शासन, मानव अधिकार केही आएको रहेनछ भन्ने अनुभूत गरेँ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *