थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु समुदायको बनाउन माओवादी सांसदको माग

काठमाडौं- माओवादी केन्द्रको भातृसंगठन थारु राष्ट्रिय मुक्ति मोर्चाले थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेको छ। मोर्चाका अध्यक्ष सन्तकुमार थारु नेतृत्वको टोलीले शनिबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

तीन बुँदे मागपत्रमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा ३० प्रतिशतभन्दा बढी थारु जनसंख्या कायम रहेका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाहरुमा मेयरको उम्मेदवार थारु हुने राजनीतिक वातावरण बनाइयोस्।’

त्यस्तै मोर्चाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई रिहाई र झुठा मुद्दा खारेज गर्न माग गरेको छ। मोर्चाले स्थानीय तहको निर्वाचनहुनु अगावै संविधान संशोधनको मागसमेत गरेको छ।

टोलीमा माओवादी केन्द्रका सांसद सन्तबहादुर चौधरी, मानबहादुर चौधरी र युवा नेता रमेश चौधरीको सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *