स्थानीय निर्वाचनविरुद्ध थाकसद्वारा सत्याग्रहको घोषणा

स्थानीय निर्वाचनको विरोध गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सभा बैठकले सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम गर्ने भएको छ। राजधानीमा आयोजित दुई दिने बैठकले वैशाख ५ देखि ३१ गतेसम्मको दबाबमूलक कार्यक्रम सार्वजनि गरेको हो। सभाका अध्यक्ष धनीराम चौधरीले सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एकसाथ विज्ञप्ती जारी गर्दै २०७४ वैशाख ८, १५, २२ र २९ गते ललितपुरको पुल्चोकस्थित युएन कार्यालय अगाडि गएर हातमा कालोपट्टि बाँधी टुकी बाल्ने, प्लेकार्ड प्रदर्शन गर्ने र थरुहट जिल्लाका सबै जिल्ला प्रशासन, इलाका प्रशासन, हाटबजार, चोकमा प्रदर्शन गर्ने जनाएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *