जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा ‘प्रदेश मधेस सरकार’

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले ‘प्रदेश मधेस सरकार’को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले ‘प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।

आइतबार दिउँसो मोर्चाका नेता अशोक यादवको नेतृत्वमा जिल्ला समन्वय समितिको कार्यालयमा पुगेका नेता कार्यकर्ताले मधेस सरकार लेखिएको ब्यानर लगाएका थिए। मोर्चाले जारी असहयोग आन्दोलन अन्तर्गत स्थानीय तह कार्यान्वयमा अवरोध गर्दै समन्वय समितिको बोर्ड हटाएर मधेस सरकारको बोर्ड लगाएको यादवले बताए।

सरकारले स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेसँगै केही दिन अघि मात्रै सदरमुकाम मलंगवामा रहेको जिल्ला विकास समितिलाई रुपान्तरण गरि जिल्ला समन्वय समिति नामाकरण गरिएको थियो।

सहमति विपरीत स्थानीय तह पुनसंरचना गरिएको भन्दै मोर्चाले सर्लाहीको दक्षिणी क्षेत्रका अधिकांश नगरपालिका र गाउँपालिकाको काम अघि बढाउन दिएका छैनन्। पुनसंरचना अन्तर्गत सर्लाहीमा १० नगरपालिका र ७ गाउँपालिका घोषणा गरिएको छ। मोर्चाको आन्दोलनको त्रासले कर्मचारीले कार्यालयमा बसेर काम गर्न सकेका छैनन्। मोर्चाको अवरोधका कारण सर्लाहीमा स्थानीय तह कार्यान्वयनमा समस्या देखिएको छ।

तस्बिरमा सप्तरी राजविराजस्थित जिल्ला विकास समितिको कार्यालयमा लेखिएको प्रदेश मधेस सरकार




Leave a Reply

Your email address will not be published. Required fields are marked *