थारु पत्रकार संघकी सचिव पार्सदमा निर्वाचित

नेपाल पत्रकार महासंघ रेडियो कान्तिपुर प्रतिष्ठान शाखाको अधिवेशनले प्रतिक्षा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा प्रकाश पाठक र प्रतिमा श्रेष्ठ, सचिवमा बासु खड्का, सहसचिवमा तारा ढकाल र बाबुकृष्ण मर्हजन तथा कोषाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे निर्वाचित भएका छन्।

यस्तै सदस्यमा केशु लामिछाने र कमला गुरुङ चयन भएका छन्। केन्द्रीय पार्षद्मा कमला पन्थी, परमानन्द खनाल, तेजेन्द्र काफ्ले, मधुसुदन पन्थी र पार्वता चौधरी निर्वाचित भएका छन्। प्रदेश पार्षद्मा मुरारी भण्डारी, प्रेमसागर भट्टराई, धनप्रसाद कोइराला र रश्मिला प्रजापती चयन भएका छन्। अधिवेशनमा पत्रकार महासंघका केन्द्रीय सचिव धु्रव लम्सालले पेशागत हकहित र व्यबशायीक सुरक्षाका लागी एकजुट भएर अघि बढनुपर्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *