गजल अभियानद्वारा कोपिला र श्रेष्ठ सम्मानित

गजल अभियान दाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी गजलकार छविलाल कोपिला र संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ। गजलकार कोपिलालाई ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार र संगीतकार श्रेष्ठलाई पानसरी मनबीर गजल संगीत पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रम गजल अभियान दाङका संयोजक प्रबल विष्टको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

त्यस अवसरमा मोती जयन्तीको अवसरमा अभियानले गरेको गजल प्रतियोगितामा प्रथम भएको गजलको अडियो सार्वजनिक गरिएको थियो। प्रतियोगितामा प्रथम भएका वाइबी जिएमको गजल अडियो सर्वजानिक गरिएको थियो। गजलमा संगीतकार सन्तोष श्रेष्ठले संगीत र स्वर गायक शिशिर योगीले दिनुभएको छ।

गजलकार पुरन बियोगको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष टिकाराम उदासी, प्रीति स्वर्णकार, शारदा शर्मा, नरेन्› गुरु, तुल्सीराम रोकाय, आशिष कल्पबृक्ष, प्रकाश केसी, उमेश चन्द, गोपाल भुषाल लगायतले शुभकामना तथा रचना वाचन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सचिव  भवानी न्यौपाने भावनाले गर्नुभएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *