प्रचण्ड नेतृत्व सरकारमा कमल थापासहित राप्रपाबाट दुई मन्त्री थपिँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको तयारी गरेका हुन्।
प्रधानमन्त्री दाहालले उनलाई साढे ६ बजे सपथ गराउने कार्यक्रम राखेको स्रोतले जनायो। अहिले माओवादी नेता हितराज पाण्डे स्थानीय विकासमन्त्रीको जिम्मेवारीमा छन्।

राप्रपाका अर्का नेता दिलनाथ गिरी पनि मन्त्री हुँदैछन्। उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। अहिले पर्यटनमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही छन्।

संविधान संशोधनको अंक गणित पुर्‍याउन नसकेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादीका दुई मन्त्री फिर्ता बोलाएर खाली हुने मन्त्रालय राप्रपालाई दिन लागेका हुन्। राप्रपा अहिलेसम्म संविधान संशोधनको पक्षमा देखिएको छैन। राप्रपासँग ३७ सांसद छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *